काठमाडौं । जेनजीको आन्दोलनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलेर नष्ट भएपछि नयाँ गृह मन्त्रालयको भवनलाई तयार गर्न लागिएको छ ।
नयाँ सरकार गठनको तयारीसँगै अब बन्ने प्रधानमन्त्री (अन्तरिम सरकारको प्रमुख)को कार्यकक्षको व्यवस्थापन सुरु गरिएको छ । ‘जेनजी’को प्रदर्शनका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलेर खरानी भएपछि नयाँ कार्यालयको व्यवस्थापन थालिएको हो ।
तत्कालका निम्ति सिंहदरबारभित्रै निर्माणको अन्तिम चरणमा पुगेको नयाँ गृह मन्त्रालयको भवनलाई नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका रूपमा व्यवस्थापन गर्न लागिएको छ । त्यसनिम्ति आवश्यक सामानको व्यवस्थापनका साथै सरसफाइसमेत गरिएको छ ।
सिंहदरबारको मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय थियो । प्रदर्शनकारीले गरेको आगजनीबाट उक्त भवन पूर्ण रूपमा जलेर ध्वस्त भएपछि नयाँको खोजी गरिएको हो । तस्बिर : नेपाल फोटो लाइब्रेरी











प्रतिक्रिया दिनुहोस्