काठमाडौं । राष्ट्रपति निवास शितल निवासमा प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारको प्रधानमन्त्रीको शपथ लिएक छिन् । उनले केही समयअघि शपथ लिएकी हुन् । शितल निवासमा कुटनीतिक नियोगका प्रमुख रहेका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीको मागअनुसार सुशीला कार्कीलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा नेतृत्व गर्ने गरी नियुक्त गरेका हुन् ।
राष्ट्रपतिले संविधानको धारा ६१ को उपधारा (४) मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने, संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने उल्लेख छ । त्यस्तै उपधारा (३) मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने भनिएको छ । सोही व्यवस्था अनुसार शपथ गराएको छ ।
उनी पहिलो महिला प्रधानन्यायाधीश पनि हुन् । उनी २०७३ साल वैशाख ११ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त भएकी थिइन् । सुशीला कार्कीको जन्म भोजपुर जिल्लामा भएको हो । भारतको बनारस हिन्दू विश्वविद्यालय बाट राजनीतिक विज्ञानमा स्नातकोत्तर गरेकी उनले कानुनको अध्ययन गरेकी छिन् ।
कार्कीले वकिलहुँदै २०४९ सालमा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त भइन् । करिब दुई दशक लामो न्यायिक सेवापछि २०७० सालमा सर्वोच्च अदालतको न्यायाधीश र पछि प्रधानन्यायाधीश बनिन् । २०७३ सालमा प्रधानन्यायाधीशको पद सम्हालेकी कार्कीले इमानदार छवि, कडा निर्णय र निष्पक्षताका लागि चर्चा कायमै राखिन् ।
उनले भ्रष्टाचार, सुशासन, मानवअधिकार लगायतका मुद्दामा साहसिक र ऐतिहासिक फैसलाहरू गरिन् । उनका निर्णयहरूले राज्यको नीतिगत तथा प्रशासनिक संरचनामा गहिरो प्रभाव पारेका छन् । उनको कार्यकाल करिब १० महिना थियो । उनलाई नेपाली काँग्रेस र माओवादीको सरकारले उनीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको थियो ।







प्रतिक्रिया दिनुहोस्