Skip to content
Prabhu

युनिलिभर नेपालको ९ महिनामा नाफा ३०.४६ प्रतिशतले बढ्यो

 

काठमाडौं । चालु आर्थिक वर्ष २०८०र८१ को तेस्रो त्रैमासमा युनिलिभर नेपालले ४८ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्ष २०७९र८० को भन्दा ३०.४६ प्रतिशतले थोरै हो । गत वर्ष यसै अवधिमा कम्पनीले ३७ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
सोही अवधिमा कम्पनीको सञ्चालन आम्दानी पनि १.५२ प्रतिशतले बढेर ११ अर्ब ९९ करोड कायम भएको छ । गत वर्ष कम्पनीले १ अर्ब ९६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीले खर्च भने १ अर्ब ५४ करोड रुपैयाँबाट घटाएर १ अर्ब ४५ करोड रुपैयाँमा झारेको छ ।

हाल युनिलिभरको सेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ छ । यसको रिटेन्ड अर्निङमा ४ अर्ब २६ करोड रुपैयाँ जम्मा भएको छ । यता, कम्पनीको प्रतिसेयर आम्दानी भने बढेको छ । गत आर्थिक वर्ष २१ सय ५२ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर २ हजार २०२ रुपैयाँ (वार्षिक) पुगेको छ । प्रतिसेयर नेटवर्थ ३ हजार १ सय ६२ रुपैयाँ कायम छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal