Skip to content

आजको मौसम कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुने

nabil bank
काठमाडौँको तारकेश्वर नगरपालिका -१० स्थित मनमैजुमा आज बिहान परेको पानीमा छाता ओढेर गन्तव्यतर्फ जाँदै विद्यार्थी तथा सर्वसाधारण । तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भागका केही तथा तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र अन्य प्रदेशका बाँकी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस र लुम्बिनीलगायत गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime