Skip to content
Prabhu

छिमेक लघुवित्तको नाफा २६ प्रतिशतले घट्यो

 

काठमाडौं । चालु आर्थिक वर्ष २०८०र८१ को तेस्रो त्रैमासिकमा छिमेक लघुवित्त वित्तीय संस्थाको नाफा २६ प्रतिशत घटेको छ । उक्त कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६४ करोड ३७ लाख रुपैयाँ छ । गत आवको सोही अवधिमा यस्तो नाफा ८८ करोड ६ लाख रुपैयाँ थियो ।

नाफा घट्नुमा खुद ब्याज आम्दानी घट्नु र लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) बढ्नु मुख्य कारण देखिन्छ । कम्पनीको खुद ब्याज आम्दानी गतआर्थिक वर्ष को तेस्रो त्रैमासमा २ अर्ब ११ करोड रहेकोमा अहिले सोही अवधिमा २ अर्ब ५ करोड मात्रै रह्यो । त्यस्तै समीक्षा अवधिमा इम्पेरिमेन्ट चार्ज २२ करोड ७३ लाखबाट बढेर ४१ करोड ४७ लाख रुपैयाँ पुगेको छ। यसले गर्दा कम्पनीको नाफामा सिधा असर परेको छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २८ रुपैयाँ ८३ पैसा छ, पहिले ४१ रुपैयाँ ४१ पैसा थियो । निष्क्रिय कर्जा बढेको छ । कुल कर्जामा यस्तो कर्जा गत आवको तेस्रो त्रैमासमा १।१९ प्रतिशत मात्रै रहेकोमा अहिले ३.०४ प्रतिशत पुगेको छ । हाल सेयर मूल्य प्रतिकित्ता ८२२ रुपैयाँ १० पैसा छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal