Skip to content

वित्तीय अवस्थामा सबल बन्दै राष्ट्रिय सहकारी बैंक, सवा ४९ करोड बढी नाफा आर्जन

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

यो अवधिमा बैंकले ४९ करोड २४ लाख ४६ हजार २१ रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंक ६९ लाख २१ हजार ८७८ रुपैयाँ ऋणात्मक रहेको थियो ।

गत आवको असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ८७ करोड १६ लाख ६५ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५७ करोड २१ लाख ११ हजार रुपैयाँ रहेको थियो ।

यस्तै बैंकको खुद सञ्चालन आम्दानी ७६ करोड ७६ लाख ३० हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा १ अर्ब ३५ करोड ६४ लाख १२ हजार रुपैयाँ रहेको थियो ।

यस्तै बैकको अघिल्लो आवको असार मसान्तसम्म ६ लाख ७ हजार रुपैयाँ ऋणात्मक रहेको सञ्चालन नाफा गत आवको सोही अवधिमा आइपुग्दा ६५ करोड ६० लाख ३० हजार रुपैयाँ रहेको छ ।

गत आवको असार मसान्तसम्म बैंकको पुँजी पर्याप्तता अनुपात ११.६६ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा ०.८२ प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैंकले न्यूनतम ८ प्रतिशत कायम हुनुपर्ने व्यवस्था गरेको छ ।
गत आवको असार मसान्त बैंकको निष्कृय कर्जा ३२.२६ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा ३०.५६ प्रतिशत रहेको छ ।

२ अर्बं ९३ करोड ९३ लाख ५१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ४५ करोड ९० लाख ५४ हजार रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T