काठमाडौं । नेपाल आयल निगमले शनिबार काठमाडौंका विभिन्न पाँच स्थानबाट ग्यास बिक्री गर्ने भएको छ।
काठमाडौं जिल्ला प्रशासन कार्यालय र नेपाल आयल निगमको समन्वयमा शनिबार बिहान १० देखि साँझ ६ बजेसम्म ५ स्थानबाट ग्यास बिक्री गरिने भएको छ ।
निगमका अनुसार निगमको टेकु परिसरमा नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास, यातायात कार्यालय परिसर, चाबहिलमा नेपाल र एचपी ग्यास, राधास्वामी, कपन/बालुवा परिसरमा नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साईबाबा र ओम ग्यास वितरण गरिने भएको छ ।
यस्तै राधास्वामी, वसुन्धरा परिसरमा नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम ग्यास, पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहल , नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ग्यास वितरण गरिने भएको छ ।
अत्यावश्यक परेका उपभोक्ताहरूले नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका बिक्री केन्द्रमा उपस्थित भई ग्यास खरिद गर्न सक्नेछन्।
उपभोक्तालाई अनावश्यक रूपमा लाइनमा नबस्न तथा आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न नेपाल आयल निगमले अनुरोध गरेको छ।





प्रतिक्रिया दिनुहोस्