Skip to content

हाम्रो माग पुरा भएन भने यो सरकार ढल्छः सुदन गुरुङ

nabil bank

काठमाडौं । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले यो सरकारले आफ्नो माग पुरा नगरेको खण्डमा ढाल्ने चेतावनी दिएका छन् ।

आज रिपोटर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा गुरुङले अहिले बनेको सरकारले आफ्नो माग पुरा नभएको खण्डमा यो सरकार पनि ढाल्ने चेतावनी दिए । भदौ २३ गतेदेखि जेनजीले भ्रष्टाचार रोक्नुपर्ने र कुशासन अन्त्य गर्नुपर्ने मागसहित आन्दोलन गरेका थिए ।

उक्त आन्दोलन सुरु भएको २७ घन्टाको अवधिमा सरकार परिवर्तन हुनुका साथै खर्बौै खर्बको क्षति समेत भएको छ । यो सरकारले भ्रष्टाचारको छानविन गर्नुपर्ने, कुशासन रोक्नुपर्ने माग रहेको छ । आन्दोलनमा ७५ जनाको निधन भइसकेको छ ।

आयोजित पत्रकार सम्मेलनमा मृतकका परिवारले न्याय पाउनुपर्ने उनले बताए । ‘उहाँहरुको आफ्न्तले न्याय पाउनु पर्छ । आज वा भोलिसम्म उहाँहरुले न्याय पाउनुहुन्छ, माग पुरा हुन्छ’ गुरुङले भने, ‘माग पुरा नभए यो सरकार फेरि ढल्छ ।’ जुनै पनि सरकार जनताको हुनुपर्ने उनको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime