काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीन जनालाई मन्त्रीको जिम्मेवारी दिएकी छिन् ।
कार्कीले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएकी छिन् ।
साथै घिसिङलाई भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिइएको बताइएको छ । यस्तै प्रधामन्त्री कार्कीले ओमप्रकाश अर्याललाई गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिइएकी छिन् ।
अर्याल काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको कानुनी सल्लाहकार हुन् । यस्तै प्रधानमन्त्री कार्कीले अर्थ मन्त्रालयको जिम्मेवारी रामेश्वर खनाललाई दिइएको छ । खनाल पूर्वअर्थसचिव हुन् । नयाँ मन्त्रीहरुको शपथ सोमबार हुने जनाइएको छ ।






प्रतिक्रिया दिनुहोस्