Skip to content

अन्तरिम सरकारका नवनियुक्त ३ मन्त्रीले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

शीतल निवासस्थित राष्ट्रपति भवनको परिसरमा सोमबार अपरान्ह मन्त्रीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयता शपथ ग्रहण गरेका हुन्।

रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री र ओमप्रकाश अर्यालले गृह, कानुन तथा संसदीय मामिलामन्त्री पदको शपथ लिएका हुन्।

शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह रावत, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाललगायत सहभागी थिए।

जेनजीको आन्दोलनका क्रममा आगलागीबाट ध्वस्त भएपछि शीतल निवासको परिसरमा टेन्ट राखेर मन्त्रीहरूको शपथ ग्रहणको व्यवस्था मिलाइएको छ। योसँगै मन्त्रिपरिषद चार सदस्यीय भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima