Skip to content

प्रभु इन्स्योरेन्सले बोलायो वैशाख २० गते साधारणसभा

nabil bank

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट सयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न  वैशाख २० गते, बिहीबार, आफ्नो केन्द्रीय कार्यालय, प्रभु कम्प्लेक्स, तीनकुने, काठमाडौँमा २८ औँ वार्षिक साधारणसभा बोलाएको हो। 

सभाले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले चुक्ता पुँजी १ अर्ब ५० करोड पुर्याउन हकप्रद सेयर निष्काशन गर्ने वा अन्य विकल्प भए सोहीबमोजिम कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिको संरचना परिवर्तन गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालक निर्वाचन गर्ने लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

सो कम्पनीले वैशाख ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारणसभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। साधारणसभा प्रयोजनार्थ इन्स्योरेन्सले वशाख ७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime