काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । बजार मापन गर्ने सूचक ७.३८ अंकले घटेर परिसूचक २६२१.२९ बिन्दु कायम भएको छ ।
३५२ कम्पनीको १ करोड ६ लाख २ हजार ४६८ कित्ता सेयर ३ अर्ब ८८ करोड ७५ लाख ६३ हजार ४७० रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा वाणिज्य बैंक उपसमूहको सूचक बढेको छ भने बाँकी सबै उपसमूहका सूचक घटेका छन् । कारोबारमा ८९ कम्पनीको मूल्य बढेको छ भने १८१ कम्पनीको घटेको छ ।
कारोबारमा दोल्ती पावर, भुगोल इनर्जी, मनकामना इन्जिनियरिङ हाइड्रोका लगानीकर्ताले कमाएका छन् भने पाल्पा सिमेन्ट, स्वस्तिक लघुवित्त, प्रभू महालक्ष्मी लाइफ, त्रिशुली जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।









प्रतिक्रिया दिनुहोस्