Skip to content

जेनजी आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १०-१० लाख दिनेः प्रहरी

काठमाडौं । नेपाल प्रहरीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई जनही १०-१० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

प्रहरी प्रधान कार्यालयले प्रतिपरिवार १० लाख रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरेको जनाएको छ । उक्त रकम प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रदान गरिने जारी विज्ञप्तिमा उल्लेख छ ।

‘मिति २०८२–०५–२३ र २४ गते आन्दोलनका क्रममा कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण गरेका अमर प्रहरीका परिवारलाई नेपाल प्रहरीमा कार्यरत प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रतिपरिवार जनही १० लाख उपलब्ध गराउने निर्णय भएको व्यहोरा अनुरोध छ’ विज्ञप्तिमा भनिएको छ । आन्दोलनमा तीन प्रहरीको मृत्यु भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima