काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको मुख्य जिम्मेवारी निष्पक्ष निर्वाचन सम्पन्न गर्नु र संविधानको रक्षा गर्नु रहेकोस्पष्ट पारेका छन्।
जेन–जी आन्दोलनपश्चात उत्पन्न नयाँ राजनीतिक परिस्थितिमा सोमबार जारी वक्तव्यमार्फत उनले पार्टीले यथार्थ स्वीकार गर्दै तोकिएकोसमयमा चुनाव सुनिश्चित गर्न सरकारलाई सहयोग गर्ने धारणा राखेका छन्।
थापाले भने, “अन्तरिम सरकार गठन भइसकेको छ, निर्वाचनको मिति घोषणा भएको छ। जिम्मेवार लोकतान्त्रिक पार्टीको रूपमा हाम्रो कर्तव्यनिष्पक्ष निर्वाचन सम्पन्न गराउन सरकारलाई सहयोग गर्नु हो। तर सरकार मूल बाटोबाट विचलित भयो भने कांग्रेसले खवरदारी गर्नेछ।”
उनले प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय सरकार विद्यमान रहेको भन्दै संविधानका आधारभूत मूल्य रलोकतान्त्रिक संस्थाको रक्षा गर्नुपर्नेमा जोड दिए।
“निर्वाचन समयमै र भयरहित वातावरणमा सम्पन्न गरेर संविधान र लोकतन्त्रलाई सही ट्र्याकमा ल्याउनु आजको मुख्य राष्ट्रिय जिम्मेवारी हो,” उनले भने।
कांग्रेसले भदौ २३ गते भएको आन्दोलनका क्रममा राज्यद्वारा गरिएको दमनलाई अक्षम्य ठहर गर्दै दोषीलाई कानूनी सजाय दिनुपर्ने मागराखिसकेको छ। त्यस्तै, आन्दोलनपछि भएको आगजनी र विध्वंशको क्षति मूल्याङ्कन गरी दोषीलाई कारबाही गर्न दबाब निरन्तर दिने थापालेजनाएका छन्।
उनले संघीयतासँग सम्बन्धित क्षतिग्रस्त संरचना तत्काल पुनर्निर्माण गर्नुपर्ने बताउँदै, स्थानीय सरकार र नागरिक समाजसँग सहकार्य गरेर नागरिकसेवामा कमी हुन नदिनुपर्नेमा जोड दिए।
त्यसैगरी, उनले पार्टी पुनर्गठनलाई आजको अनिवार्य आवश्यकता ठहर गर्दै सदस्यता, संगठन संरचना, नेतृत्व चयनदेखि कार्यशैलीमा आमूलसुधार गर्नुपर्नेमा जोड दिए। “पार्टी सुधारका लागि म आफ्नो पदीय जिम्मेवारी छोड्न पनि तयार छु,” उनले भने।
वक्तव्यमा थापाले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना गर्दै भ्रष्टाचारमुक्त र जनमुखी राजनीति निर्माण गर्ने संकल्प व्यक्त गरे।
“गुमेको जीवन फर्किँदैन, तर ती युवाहरूले देखेको सपना पुरा गर्न हामी प्रतिवद्ध छौं,” उनले भने।






प्रतिक्रिया दिनुहोस्