काठमाडौं । भदौ २३ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका जेनजी सहिदको शवयात्रा शिक्षण अस्पतालबाट पशुपति तर्फ सुरु भएको छ ।
शवयात्रा टिचिङ अस्पतालबाट महाराजगन्ज, चाबहिल हुँदै पशुपति आर्यघाटसम्म पुग्नेछ ।
१० जनाको शव र्यालीसहित लगिएकोमा ६ जनाको शव हेलिकप्टरमा काठमाडौं बाहिर लगिने भएको छ । चार जनाको पशुपतिमा अन्त्येष्टि गरिनेछ ।
सरकारले आन्दोलनमा मृत्यु हुनेलाई राष्ट्रिय झण्डा ओढाई राष्ट्रिय सम्मानमा साथ गर्ने निर्णय गरिसकेको छ ।
तस्बिरहरुः प्रकाश चन्द्र तिमिल्सेना- नेपाल फोटो लाइब्रेरी







प्रतिक्रिया दिनुहोस्