Skip to content

सेनाको ब्यारेकबाट बाहिरिएका एमाले अध्यक्ष ओली कहाँ बस्लान ?

nabil bank

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिरिएका छन् ।

निवर्तमान प्रधानमन्त्री समेत रहेका ओली जेनजी प्रदर्शनका क्रममा प्रधानमन्त्री निवास बालुवाटारबाट हेलिकप्टर मार्फत नेपाली सेनाको शिवपुरी ब्यारेकमा बसेका थिए । उनी आज ब्यारेकबाट बाहिर निस्किएका छन् ।

प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत भदौ २४ गते मध्यान्नमा हेलिकप्टरबाट शिवपुरी ब्यारेक पुगेका हुन् ।

अब ब्यारेमबाट निस्केका ओली भक्तपुरमा भाडाको घरमा बस्न थालेको बताइएको छ । ओलीलाई बस्नका लागि पूर्व उद्योगमन्त्री महेश बस्नेतले सहयोग गरेको बताइएको छ ।

ओली बस्ने स्थान र बस्नेतको घर नजिकै रहेको स्रोतको भनाइ छ । आन्दोलनकारीले ओली र बस्नेत दुवैको घर तोडफोड तथा आगजनी गरेका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime