Skip to content

मुग्लिन नारायणगढ सडक आज नखुल्ने, यात्रु अलपत्र

nabil bank

काठमाडौं । मुग्लिन नारायणगढ सडकखण्ड आज नखुल्ने भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरले पहिरो खस्ने क्रम नरोकिएकोले आज पहिरो हटाउने कार्य रोकिएको बताएको छ । कार्यालयले भोली बिहान ४ बजेदेखि पहिरो हटाउन शुरु गरिने जानकारी दिएको छ ।

कार्यालयले पहिरो खस्ने जोखिम कायमै रहेकोले रातको समयमा माथिबाट झरेको ढुंगा(पहिरो नदेखिने साथै सुरक्षाको दृष्टिकोणले पहिरो हटाउन संभव नभएको बताएको छ । भोली बिहानै करिब ४ बजेतिर पहिरो हटाउने कार्य सुचारू गरिने जनाइएको छ । सडकमा रोकिएका सवारीसाधनहरू लेन अनुशासनमा राख्नुहुन र यात्रुमहानुभावहरू सावधानीपुर्वक सुरक्षित स्थानतिर गइदिनुहुन समेत अनुरोध गरेको छ  ।

मुग्लिन नारायणगढ सडक खण्ड शुक्रबार साँझ ६:३० बजेदेखि तुईन खोला पुल नजिकै निरन्तर झरेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्द भएको छ । सडक अवरुद्ध भएपछि दशैका लागि काठमाडौँ बाहिर जाने हजारौं सवारी साधन र यात्रु अलपत्र परेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime