Skip to content

बाढीपहिरोका कारण देशभरका प्रमुख ७ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

Exif_JPEG_420

काठमाडौं । बाढीपहिरोका कारण मुलुकका ७ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन्भने ७ एकतर्फी खुलेका छन् ।

नेपाल प्रहरीले ६ वटा राजमार्गमा विभिन्न स्थानमा अवरोध रहेको जनाएको छ। नेपाल प्रहरीका अनुसार वर्षातपछि पहिरो खस्दा संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुणमा कोशी राजमार्ग अवरूद्ध छ। त्यस्तै संखुवासभाको मकालु गाउँपालिका–३ एकुवामा कोशी राजमार्ग अवरूद्ध छ।

म्याग्दीको बेनी नगरपालिका–४ घुमाउने भीरमा बेनी–दरबाङ सडक खण्ड पूर्णरूपमा अवरूद्ध रहेको प्रहरीले जानकारी दिएको छ। जाजरकोटको नलगाड नगरपालिका–११ भीरकुनामामा जाजरकोट–डोल्पा सडक खण्ड पूर्णरूपमा अवरूद्ध छ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा नेपाल–चीन जोड्ने पुल बगाएपछि अवरूद्ध छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा अरनिको राजमार्ग अवरूद्ध छ। यो खण्ड झन्डै दुई महिनादेखि अवरूद्ध छ।

यस्तै, नारायणगढ–मुग्लिन सडक खण्डको तुइन पुलनजिकै पहिरो खस्दा उक्त राजमार्ग अवरूद्ध छ। त्यहाँ तीनवटा उपकरण प्रयोग गरी यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। तर पहिरो झरिरहेकाले चुनौतीपूर्ण बनेको छ। तुइन पुलनजिकै शुक्रबार साँझबाट पहिरो खस्न थालेको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi