Skip to content

काेरला नाकाबाट भित्रियो २०९ वटा विद्युतीय गाडी, करिब साढे ३४ करोड राजस्व संकलन 

काठमाडौं ।  मुस्ताङकाे कोरला नाकाबाट असोज ४ गतेसम्म २०९ वटा विद्युतीय गाडी भित्रिएको छ । नेपाल राष्ट्र बैंकले भदौ ३१ गते पूर्णरुपमा प्रतितपत्र खोलेको उक्त नाकाबाट केही दिनमा नै २०९ वटा विद्युतीय गाडी सहित १०७ वटा मालवाहक सवारी भित्रिएको हो ।
सरकारले यस भन्सारबाट करिब साढे ३४ करोड रुपैयाँ बराबरको राजस्व संकलन भएको छ । सरकारले उक्त नाकाबाट ३४ करोड ४७  लाख ४५ हजार २५२ रुपैयाँ राजस्व संकलन गरेको हो ।
असारमा रसुवाको लेहनन्दे खोलामा आएको बाडीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रूपमा बन्द भएको थियो । यसैगरी, तातोपनी भन्सार कार्यालयतर्फ कोदारी राजमार्गमा आएको पहिरोको कारण अवरोध भएको अवस्थामा मित्रराष्ट्र चीन र नेपालबिचको वैदेशिक व्यापारलाई सहजीकरण गर्न मुस्ताङ जिल्लास्थित मुस्ताङ भन्सार कार्यालय, नेचुङ (कोरला नाका) मिति २०८२ भदाै ३० गतेबाट पूर्णरुपमा संचालनमा आएको छ ।
हाल यस नाकामा आशिकुडा प्रणालीसमेत संचालन भइसकेको र नेपाल राष्ट्र बैकको मिति भदौ ३१ को परिपत्र अनुसार मुस्ताङ भन्सार कार्यालयलाई समेत चिनियाँ भूभाग भई प्रतितपत्र मार्फत सामान आयात गर्न एकीकृत परिपत्र २०८१ मा समावेश गरी सहजीकरण गरिसकिएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T