Skip to content

ऊर्जामन्त्री पुगे मध्य भोटेकोशी जलविद्युत आयोजनाको निरीक्षण गर्न

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङले मध्य भोटेकोशी जलविद्युत आयोजनाको निरीक्षण गरेका छन् । उनले सिन्धुपाल्चोकमा निर्माण भएको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको निरीक्षण गरेका हुन।

उक्त आयोजना हाल निर्माण सम्पन्न भई व्यावसायिक रूपमा विद्युत् उत्पादनका लागि आवश्यक ७२ घण्टे परीक्षण उत्पादनको दोस्रो दिन आज सञ्चालन भइरहेको छ। चिलिमे जलविद्युत कम्पनीको प्रवन्धक सञ्चालक रहँदा मन्त्री घिसिङकै नेतृत्वमा आयोजना विस्तृत अध्ययन, विद्युत् खरिद–बिक्री सम्झौता, वित्तीय व्यवस्थापन तथा ठेक्का सम्झौता सम्पन्न गरी निर्माण चरणमा पुगेको थियो।

उक्त आयोजनाबाट परीक्षणका क्रममा पूर्ण १०२ मेगावाट विद्युत् उत्पादन भई राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह भइरहेको छ। तर, जुरेको पहिरो, भूकम्प, भोटेकोशी नदीमा आएको बाढी, कोभिड–१९ को महामारी, स्थानीय अवरोधलगायतका कारण आयोजनाको निर्माण कार्यमा ढिलाइ भएको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi