Skip to content

एसवाई प्यानल नेपालको आईपीओ निष्कासन, कहिलेसम्म पाउँछ आवेदन दिन ?

nabil bank

काठमाडौं । एसवाई प्यानल नेपाल कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय र श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको छ ।

कम्पनीले जारी पुँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ । प्रतिकित्ता सय रुपैयाँका दरले २ करोड ६१ लाख ६२ हजार ७०० रुपैयाँको २ लाख ६१ हजार ६२९ कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानियका लागि निष्कासन गरेको छ । चितवन जिल्ला रत्ननगर नगरपालिकाका सम्पूर्ण वडाका स्थानियले आवेदन दिन पाउनेछन् ।

कम्पनीले १० प्रतिशतले हुन आउने ४ करोड ९७ लाख ९ हजार २०० रुपैयाँ ४ लाख ९७ हजार ९२ कित्ता सेयरमा श्रम स्विकृत लिइ रोजगारीका लागि विदेशमा रहेका नेपालीले आवेदन दिन पाउनेछन् । यस्तै कम्पनीका कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता छुट्याएको छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ । उद्योग प्रभावित क्षेत्रका स्थानियले असोज २१ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा कात्तिक ९ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले असोज १० गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असोज २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । आईपीओमा स्थानियले एसवाई प्यानल नेपाल, रत्ननगर, चितवन, प्रभु क्यापिटल, कमलादी र क्यापिटलले निर्माण गरेको अनलाइन लिंकमा गई आवेदन दिन सक्नेछन्। यसका साथै प्रभु बैंकको सौराहा र टाँडी शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा सदस्य लिएका बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime