Skip to content
Prabhu

एसियन लाइफ इन्स्योन्सको नाफा २५४.९२ प्रतिशतले बढ्यो

 

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले खुद नाफामा आकर्षक वृद्धि गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८०र८१ को तेस्रो त्रैमाससम्म ६९ करोड ११ रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत वर्षको यसै अवधिको १९ करोड ४७ लाख रुपैयाँको तुलनामा २५४.९२५ धेरै हो ।

कम्पनीको खुद बिमा शुल्क आम्दानीका साथै लगानी तथा कर्जाबाट हुने आम्दानी बढेपछि नाफामा सुधार आएको हो । यस कम्पनीको खुद बिमा शुल्क आम्दानी १०.५०५ ले बढेर ५ अर्ब ८ करोडबाट ५ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । साथै, लगानी तथा कर्जाबाट आम्दानी ८.२९५ ले बढेर २ अर्ब ३२ करोडबाट २ अर्ब ५२ करोड पुगेको छ ।

हाल एसियन लाइफ इन्सुरेन्सको चुक्ता पुँजी ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँ रहेको छ । कम्पनीले ४२ प्रतिशत हकप्रद सेयर बिक्रीबाट पुँजी वृद्धि गर्ने योजना बनाएको छ । यसको रिटेन्ड अर्निङमा ९२ करोड ९ लाख छ । प्रतिसेयर आम्दानी २०.९७ रुपैयाँले बढेर २९.२० रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ भने १२९.१९ रुपैयाँ छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal