काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज पहिलो पटक आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छिन् ।
‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेकी कार्कीले आज साँझ ६ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठक सकेर साँझ ६ बजे कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
गरेकी प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन् । गत भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएकी हुन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा अन्तरिम सरकार गठन भएको थियो ।
प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचनको घोषणा गरेको छ ।






प्रतिक्रिया दिनुहोस्