Skip to content

दसैंमा घर जानेको लर्को, १ लाख ३८ हजारले उपत्यका छाडे (तस्बिरहरु)

nabil bank

काठमाडौं । दसैं नजिकिएसँगै काठमाडौं उपत्यका छोड्नेहरुको संख्या बढ्दै गएको छ ।

स्कूल, कलेजहरूमा बिदा सुरु भएपछि काठमाडौंको गोंगबु बसपार्कमा बिहानै देखि काठमाडौं छोड्नेहरुको भीड लाग्ने गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार घटस्थापनाको दिनदेखि हालसम्म करिब १ लाख ३८ हजार २९६ जनाले उपत्यका छाडेको जानकारी दिए ।

त्यस्तै यसवर्ष विभिन्न कारणले अग्रिम टिकट बुकिङ खुल्ला नगरिए पनि एक दिन अगाडीको टिकट लिने व्यवस्था गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । जसका कारण टिकट लिनेहरुको समेत गोंगबु बसपार्कमा भीड लागेको छ ।

हाल गोंगबु नयाँ बसपार्क, माछापोखरीस्थित धादिङ बसपार्क, कोटेश्वर, कलंकी लगायत विभिन्न चोकहरुमा उपत्यका छोड्नेहरुको भीड लाग्ने गरेको छ ।

तस्बिर: नेपाल फोटो लाइब्रेरी ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime