Skip to content

सेबोनको कर्मचारी आज पनि आन्दोलनमा, कामकाज ठप्प

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कर्मचारीले आइतबार पनि आन्दोलन जारी राखेका छन् ।गत मंगलबारदेखि नै आन्दोलन रहेका कर्मचारीले बोर्डका सबै काम ठप्प बनाएका हुन ।

अर्थ मन्त्रालयले असोज २ गते पठाएको पत्रका कारण बोर्डका सबै कर्मचारी आन्दोलित भएका हु्न् । कर्मचारी आन्दोलित हुँदा चार दिनदेखि बोर्डमा सेवाग्राहीको कुनै पनि काम हुन सकेको छैन ।

कर्मचारीले बोर्डको स्वायत्तता कायम गर, कर्मचारीले कानुन सम्मत खाइपाई आएको सेवा सुविधा कटौती खारेज गर, गैर कानूनी आदेश खारेज गर, कर्मचारीलाई मनोवैज्ञानिक त्रास बन्द गर, भय रहित तरिकाले कम गर्ने वातावरण सुनिश्चितता गर जस्ता माग राखेर आन्दोलनमा उत्रिएका छन् ।

भदौ ३१ गतेको राजस्व सचिव स्तरिय निर्णयबाट कर्मचारीले खाइपाइ आएको सेवा सुविधा कटौती हुने, यसअघिका कर्मचारीले खाइपाइ आएको सुविधा पनि फिर्ता गर्नुपर्ने भन्दै सेबोनमा पज्ञ पुग्यो । त्यसपछि कर्मचारी आन्दोलनमा गएका हुन् ।

आन्दोलनमा रहेका कर्मचारीले समयमा नै समस्याको समाधान गर्न नेतृत्वलाई आग्रह गरेका छन् । अन्यथा पदबाट राजीनामा दिन माग गर्दै नाराबाजी गरेका छन् । आन्दोलनमा रहेका कर्मचारीले मन्त्रालयले पठाएको पत्र खारेज हुनुपर्ने समेत माग गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima