Skip to content

ओलीसहित पाँच जनाको राहदानी रोक्काप्रति एमालेको कडा आपत्ति, आयोगको प्रतिशोधपूर्ण निर्णयले विश्वसनीयतामा प्रश्न

काठमाडौ‌ । नेकपा एमालेले जेनजी आन्दोलनमा भदौ २३ र २४ गते घटेको घटनासम्बन्धी जाँचबुझ आयोगले अध्यक्ष केपी शर्मा ओली लगायत ५ जनाको राहदानी रोक्का गर्न सिफारिस गरेको विषयमा आपत्ति जनाएको छ ।

एमालेको आज बसेको सचिवालय बैठकले अध्यक्ष ओलीसहित पाँच जनाको राहदानी रोक्कासहितको सिफारिसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस्तो प्रतिशोधपूर्ण निर्णयले आयोगको विश्वसनीयतामा समेत गंभीर प्रश्न खडा गरेको निष्कर्ष निकालेको छ ।

त्यस्तै एमालेले पछिल्लो घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय गर्न केन्द्रीय कमिटीको दशौँ बैठक असोज २७–२९ मा काठमाडौंमा बस्ने निर्णय गरेको छ भने त्यसघि केन्द्रीय सचिवालयको अर्को बैठक असोज १९–२० मा काठमाडौँमा बस्ने निर्णय गरेको छ ।

हालै गृह मन्त्रालयले भदौ २४ को विध्वंशकारी घटनामा सङ्लग्न दोषीहरुलाई पनि जाँचबुझ आयोगको क्षेत्राधिकार भित्र पर्ने भन्दै कुनै कार्बाही अगाडि नबढाउनु भनेर नेपाल प्रहरीलाईल गरेको निर्देशनप्रति पार्टीको गंभीर ध्यानाकर्षण भएको जनाएको छ ।

यस निर्देशनले अपराध अनुसन्धान गर्ने नेपाली प्रहरीको कानुनसम्मत क्षेत्राधिकार माथि मात्रै हस्तक्षेप गरेको छैन, यसले अपराधीहरुको मनोबल बढाउने र उन्मुक्ति दिने आपत्तिजनक मनशाय समेत बोकेको छ । पार्टी यसप्रति गंभीर आपत्ति प्रकट गर्दछ र नेपाल प्रहरीलाई निर्वाध काम गर्ने वातावरण सुनिश्चित गर्न गंभीर ध्यानाकर्षण भएको जनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi