Skip to content

दसैं सुरक्षाः निर्धक्क भएर मनाउनु चाडपर्व, उपत्यकामा छ हजार भन्दा बढी प्रहरी परिचालन, ‘ड्रोन’बाट निगरानी

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीबन्दी देखे प्रहरीलाई खबर गर्न अनुरोध

nabil bank

काठमाडौं । चाडपर्वलाई लक्षित गरेर नेपाल प्रहरीले यसवर्ष काठमाडौं उपत्यकामा छ हजार १०० भन्दा बढी प्रहरी परिचालन गर्ने भएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा चाडपर्वलक्षित विशेष सुरक्षा योजनाअनुसार छ हजार १०० भन्दा बढी प्रहरी परिचालन गरिने तयारी गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीले जानकारी दिए ।

उनले भने, “दसैं, तिहार तथा छठ पर्वहरूमा चोरी, डकैती, लुटपाटजस्ता घटनाहरू बढी हुने भएकाले सोहीअनुसारको रणनीति बनाएर काम सुरु गरिएको छ । जिल्ला प्रमुखहरूको कमान्डमा प्रहरी परिचालन हुनेछन् ।’

अपराधजन्य घटना न्यूनीकरणका लागि प्रहरीको पेट्रोल टोलीसहितको गस्ती, साइकलगस्ती, नाकाहरूमा ‘डग स्निफिङ’, सादा पोसाकका प्रहरी परिचालन, ‘सिआरभी’, ‘क्युआरटी’लाई तयारी अवस्थामा उनको भनाई छ ।

उपत्यकाका तीन जिल्लामा ७८ स्थानमा यात्रु सहायताकक्ष स्थापना गरी काम सुरु गरिएको छ । चाडपर्वको समयमा ड्रोन बाट समेत निगरानी गरिएको छ । जसले गर्दा सर्वसाधारणलाई प्रहरीले निर्धक्क र चनाखो भएर दसैं, तिहारलगायत चाडपर्व मनाउन आग्रह गरेको छ ।

‘जेनजी’ प्रदर्शनका क्रममा कारागारमा रहेका केही कैदीबन्दी फरार रहेकाले यस वर्ष चोरी, लुटपाटलगायत घटना हुनसक्ने भएकाले टोल, छिमेकमा नयाँ व्यक्ति अथवा फरार रहेका व्यक्ति देखिएको खण्डमा प्रहरीलाई खबर गर्न प्रहरीले सबैमा अनुरोधसमेत गरेको छ ।

सम्भावित अपराध रोक्न तथा न्यूनीकरण गर्न काठमाडौँ उपत्यकाका १८ वटै प्रहरी नायब उपरीक्षकको कमान्डमा टोली बनाइएको र कुनै पनि घटना भएमा कम्तीमा तत्काल घटनास्थलमा पुग्नेगरी व्यवस्था मिलाइएको एआइजी कार्कीले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime