Skip to content

काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन ३ दिनका लागि बन्द

काठमाडौं । लामो दूरीका तथा काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत बन्द गरिएको छ । बाढी र पहिरोको पूर्वानुमान रहेकाले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत बन्द गरिएको हो ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं उपत्यका सवारी भित्रन र बाहिरिन तीन दिन रोक लगाएको छ। प्राधिकरणले शनिबार बिहान विज्ञप्ति जारी गर्दै बढ्दो वर्षा र त्यसले निम्त्याउने बाढी, पहिरोको प्रकोपलाई ध्यानमा राखेर काठमाडौं भित्रने र बाहिरिने राजमार्ग पूर्णरूपमा बन्द गरिएको जानकारी दिएको हो।

‘भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने संभावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यका भित्रिनेरबाहिरिने सवारी साधन आवतजावत असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको बेहोरा निर्देशानुसार जानकारी गराइन्छ,’ प्राधिकरणकी प्रवक्ता शान्ति महतले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अहिले पूर्वमा कोशी प्रदेशदेखि पश्चिममा लुम्बिनी प्रदेशसम्म मध्यमदेखि भारी वर्षा भइरहेको छ।  जल तथा मौसम विज्ञान विभागले यही आगामी २० गतेसम्म वर्षा हुने प्रक्षेपण गरेको छ। केही स्थानमा भारी वर्षादेखि अति धेरै भारी वर्षा हुनसक्ने सम्भावना औंल्याएको छ।

उक्त अवधिमा यातायात व्यवसायीलगायत कसैले पनि अत्यावश्यक बाहेकका लामो दूरीका र काठमाडौं उपत्यका भित्रिनेरबाहिरिने सवारी साधन नचलाउन प्राधिकरणले भनेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima