Skip to content

काठमाडौँ–१४ करखुसी खोलामा पहिरो, सडक भासियो

काठमाडौं। काठमाडौँ महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको छेउमा पहिरो खस्दा सडक भासिएको छ। पहिरोका कारण नजिकै रहेका घरहरू समेत जोखिममा पर्न सक्ने सम्भावना बढेको छ।

अहिले थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा बोरा र ग्राभेल प्रयोग गरी नदी कटान नियन्त्रण गर्ने काम भइरहेको छ।

यदि खोलाको कटानका कारण बस्तीमा डुबान समस्या उत्पन्न भएमा स्थानीय बासिन्दालाई नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी गरिएको महानगरले जनाएको छ।

जोखिमयुक्त बस्तीहरूलाई सतर्क रहन र आवश्यक परेमा तत्काल उद्धार टोलीसँग समन्वय गर्न अनुरोध गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T