काठमाडौँ । बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त मनसुनी वायुको प्रभावका कारण आज देशभर सामान्य वर्षा हुने संभावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रही बागमती र लुम्बिनी प्रदेशमा साधारणतया बदली, बाँकी प्रदेशहरूमा आंशिक बदली रहने छ।
मौसम बुलेटिन अनुसार कोशी र मधेस प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको उल्लेख गरिएको छ।
आज अपराह्नतिर कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी भू–भागमा सामान्य बदली रहि मेघगर्जनसहित वर्षा हुन सक्ने विभागले जनाएको छ।
महाशाखाले विशेष गरी कोशी प्रदेशका पहाडी भू–भागमा भारी वर्षाको जोखिम भएकाले स्थानीयवासीलाई सतर्क रहन र सम्भावित विपद्बाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।






प्रतिक्रिया दिनुहोस्