काठमाडौं । काठमाडौंको मुख्य नाका नागढुंगाबाट रात्रिबसहरु साँझ ५ बजेभित्र बाहिरिइसक्नुपर्ने भएको छ।
वर्षा रोकिएसँगै नागढुंगा नाकाबाट बाहिरिने रात्रिकालीन बसहरू चल्न दिने निर्णय गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ । तर, नागढुंगाबाट रात्रिबसहरु ५ बजेभित्र बाहिरिइसक्नुपर्ने छ ।
यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौँले टोखा, नागढुंगा र फर्पिङ नाका एकतर्फी सञ्चालन गर्ने निर्णय गरेको थियो । साँगा हुँदै बीपी राजमार्गतर्फ जाने सवारी साधन सञ्चालनमा आएका छैनन् ।






प्रतिक्रिया दिनुहोस्