Skip to content

जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा सबै कार्यालय खोलेर सेवा सुचारु राख्न निर्देशन

nabil bank

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मौसममा सुधार आएपछि काठमाडौं जिल्लाका कार्यालयहरू सोमबार खोलेर सेवा सुचारु राख्न आग्रह गरेको छ ।

१९ र २० गते सार्वजनिक बिदा भनिए पनि मौसममा सुधार भएको र जोखिमको अवस्था नरहेकाले आज कार्यालय खोलेर सेवा सुचारु गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो ।

‘दुई दिनदेखि लगातारको भारी वर्षाका कारण राजधानी प्रवेश गर्ने मार्गहरू अवरुद्ध भएको अवस्था एवं तत्काल उद्धार एवं राहतमा जुट्नुपर्ने स्थितिका कारण मिति १९ र २० गते सार्वजनिक बिदा भनिएकोमा हाल मौसममा सुधार भएको र जोखिमको अवस्था टरिसकेको छ,’ सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले भनेको छ ।

बिहान १० बजेदेखि कार्यालय समयसम्म काठमाडौं जिल्लाका सबै प्रकारका सरकारी कार्यालयहरू, संस्थानहरू र स्थानीय तहहरूबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख्न र कर्मचारीहरूको उपस्थितिको व्यवस्था मिलाउन कार्यालयले भनेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime