Skip to content
Prabhu

९ महिनामा युनिभर्सल पावरले कमायो ७ करोड ४७ लाख

काठमाडौं । युनिभर्सल पावरले चालु आर्थिक वर्ष २०८०र८१ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीले ७ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको भन्दा ९।८२ प्रतिशतले धेरै हो । गत वर्ष यसले ६ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो ।

चैत मसान्तसम्ममा कम्पनीको कुल आम्दानी भने २५ करोड ८१ लाख रुपैयाँबाट घटेर २५ करोड ३९ लाख रुपैयाँमा झरेको छ । हाल युनिभर्सलको चुक्ता पुँजी २ अर्ब २७ करोड रुपैयाँ रहको छ । जगेडा कोषमा १४ करोड ४६ लाख रुपैयाँ जम्मा रहेको छ । यसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३७ पैसा ९वार्षिक० र प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ३५ पैसा छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal