Skip to content

दार्चुलामा जिप दुर्घटना हुँदा १ को मृत्यु, १० जना घाइते

दार्चुला । दार्चुलामा जिप दुर्घटना हुँदा एकको मृत्यु गएको छभने १० जना घाइते भएका छन् । आज यहाँको बागमती प्रदेश ०३००१ ज ०२०६ नम्बरको जिप महाकाली नगरपालिका–६ को निसिलस्थित गजुराडी भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका ३० वर्षीय नरेशबहादुर पाललाई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गौरव महतले जानकारी दिए ।

दुर्घटनामा घाइते अन्य छ जनालाई थप उपचारका लागि धनगढी ‘रिफर’ गरिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी दिए।

उनका अनुसार २४ वर्षीय लोकेन्द्र सिँह धामी, २८ वर्षीय पङ्कज पाल, २८ वर्षीय जयबहादुर पाल, २४ वर्षीय सुमन पाल, गाडी चालक ४० वर्षीय अम्मरसिँह धामी र १४ वर्षीय सुमन पाललाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको हो । अन्य चार जनालाई उपचार गरी घर पठाइएको छ

जिपमा जम्मा ११ जना सवार रहेका थिए । जिप सडकबाट करिब डेढ सय मिटर तल खोलामा खसेको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi