Skip to content

जोशी हाइड्रोपावरको २ लाख कित्ता सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले अवितरित झण्डै २ लाख कित्ता सेयर सर्वसाधारणले  किन्न पाउने गरी लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा राखेको छ।

उक्त कम्पनीले साउन १५ देखि भदौ १९ गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयर आवेदकलाई बाँडफाँड गर्दा बाँकी बसेको सर्वसाधारण समूहतर्फको १ लाख ८९ हजार ९२७ कित्ता सेयर बिक्रीमा राखेको हो।

कम्पनीले सो सेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ निर्धारण गरेको छ। बोलपत्र पेस गर्दा कम्तीमा १०० कित्ताका लागि र बढीमा १० अंकले निःशेष भाग जाने जुनसुकै संख्या वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ।

बोलपत्र असोज २८ गते मंगलबारदेखि कात्तिक ११ गते मंगलबार दिउँसो ३ बजेभित्र पेस गरिसक्नु पर्नेछ। बोलपत्र फाराम काठमाडौंको कमलपोखरीस्थित कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको पाइनेछ।

यसका साथै लक्ष्मी सनराइज बैंकको विराटनगर–हनुमान दास सडक, वीरगन्ज–आदर्शनगर, हेटौंडा, पोखरा–न्युरोड, बुटवल–मिलनचोक, वीरेन्द्रनगर–वीरेन्द्रचोक र धनगढी–लक्ष्मी नारायण चोकमा पनि पाइनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T