Skip to content

फौजदारी कसूरमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने

nabil bank

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन सम्बन्धी अध्ययन गर्न गठन भएको जाँचबुझ आयोगले फौजदारी कसूरमा संलग्न जो कोहीलाई पनि अनुसन्धान तथा कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने भएको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो ।

‘फौजदारी कसूरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरो सूचित गरिएको छ’ विज्ञप्तिमा भनिएको छ ।

जेनजी आन्दोलनका क्रममा भएको भौतिक एंव मानविय क्षतिको यथार्थ छानविन गर्न गठन भएको आयोगले यस्तो सुझाव गृह मन्त्रालयलाई दिएको छ । आयोगले असोज ९ गतेबाट काम समेत सुरु गरिसकेको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime