काठमाडौं । पूर्वमन्त्री समेत रहेका नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका नाममा उद्योगी तथा व्यवसायी विनोद चौधरी, व्यवसायी मिनबहादुर गुरुङमाथी आक्रमण हुनु गलत भएको बताएका छन् ।
आज पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै बस्नेतले यस्तो बताएका हुन् । उनले देशमा उद्योग व्यवसाय गर्ने उद्योगी व्यवसायीमाथी जेनजी आन्दोलनको नाममा तोडफोड, आगजनी गर्नु गलत भएको बताए ।
‘जेनजी आन्दोलनका नममा तोडफोड, आगजनी भयो, उहाँहरुलाई लेखटन खोजियो’ बस्नेतले भने ‘यो गलत हो । उहाँहरुलाई लखेटने होइन, उहाँहरुले रोजगारी सृजना गर्नुहुन्छ ।’






प्रतिक्रिया दिनुहोस्