Skip to content

सेयर बजारमा रोकिएन पहिरो, उपसूचक राताम्मे

nabil bank

काठमाडौ । सेयर बजारमा पहिरो जाने क्रम जारी नै छ । आज पनि बजारमा भारी मात्रामा गिरावट आएको छ ।

बुधबार कारोबार सुरु भएदेखि नै घट्न थालेको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो । बजार मापन गर्ने सूचक ४५.३६ अंकले घटेर परिसूचक २ हजार ५५९.५९ बिन्दु कायम भएको छ ।

३३५ कम्पनीको १ करोड ३७ लाख ४९ हजार ५०४ कित्ता सेयर ५ अर्ब ७६ करोड २७ लाख १ हजार ११० रुपैयाँमा कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक राताम्मे भएका छन् । कारोबारमा २३२ कम्पनीको सेयर मूल्य घट्दा १८ कम्पनीको बढेको छ ।

दसैंपछिको पहिलो सेयर कारोबार दिन मंगलबार बजार ५८.५५ अंकले घटेर परिसूचक २६०४.९६ बिन्दु कायम भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime