Skip to content

राष्ट्र बैंकले हटायो सेयर धितोमा एकल ग्राहक कर्जाको २५ करोड सीमा

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा हटाएको छ । आज बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन सशोधन जारी गर्दै उक्त सिमा हटाएको जनाएको छ ।

यसअघि कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा २५ करोड कायम गरिएको थियो । त्यो सिमा आजदेखि हटाइएको हो ।

यसअघि धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि मात्र यस्तो सीमा लागु हुनेछैन भनिएको थियो ।

यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह÷नवीकरण गर्नु पर्ने भनिएको थियो । तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने व्यवस्था थियो ।

यस्तै राष्ट्र बैंकले खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था पनि हटाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime