Skip to content

मेरो सम्पत्ति छानबिन गरियोस्, यहाँ मात्रै होइन मरेपछि चित्र गुप्तले बैंक खाता हेरे पनि हुन्छः एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्पत्ति छानबिन गर्न सरकारलाई आग्रह गरेका छन् ।उनले आफ्नो सम्पत्तिको विषयमा धेरै नै चर्चा भएको भन्दै छानिबन गर्न सरकारलाई आग्रह गरे।

अध्यक्ष ओलीले भने, ‘मेरो सम्पत्ति छानिबन गरियोस, यहाँ मात्रै होइन, मरेपछि पनि चित्र गुप्तले बैंक खाता हेरे पनि हुन्छ, छानिबन गरे हुन्छ ।’

भक्तपुरमा आज आयाेजित कार्यक्रममा अध्यक्ष ओलीले सुशीला कार्की लोकतन्त्रको जग भत्काउने शर्तमा प्रधानमन्त्री भएकोले उनीबाट लोकतन्त्रको रक्षाको कुनै सम्भावना नभएको बताए ।

भक्तपुरमा आज आयाेजित कार्यक्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री हुने बित्तिकै संसद् भंग गर्न पाउनुपर्दछ भन्ने माग राखेर कार्की प्रधानमन्त्री भएकोले उनको नियतमै खोट रहेको बताए ।

‘वर्तमान सरकारबाट लोकतन्त्रको रक्षा ? यो हुनै सक्दैन ’ अध्यक्ष ओलीले भने, ‘जो संसद् विघटन र लोकतन्त्रको जग भत्काउन भनेर प्रधानमन्त्री हुनुभयो उहाँबाट लोकतन्त्तको रक्षा हुने कुरा कल्पना गर्नुहुँदैन।’

अध्यक्ष ओलीले वर्तमान सरकार सडकमा तमासा देखाउन उद्धत रहेको बताए । कहिले केपी ओलीलाई पक्राउ गर्न राती ३ बजेसम्म बैठक गर्ने, कहिले केपी ओलीको पासपोर्ट रोक्ने अनि कहिले केपी ओलीलाई उपत्यका बाहिर जान नदिने यस्तो तमासा नगर्न सरकारलाई उनले चुनौती दिए ।

‘यस्ता सडक तमासाले डराउने मान्छे होइन केपी ओली । सुशीला कार्कीको डरले भाग्छ केपी ओली ?’ उनले प्रश्न गरे । उनले गृहमन्त्रीलाई नउताउलिन चेतावनी दिंदै देश चलाउने कुरा हाँसी मजाक नभएको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima