काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गौरी बहादुर कार्की नेतृत्वको आयोग नमान्ने बताएका छन् ।
आज एमाले भक्तपुर जिल्ला कमिटिले आयोजना गरेको कार्यक्रममा भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा मानविय घटनाका विषयमा छानबिन गर्न बनेको उक्त आयोगलाई नमान्ने बताए ।
ओलीले आयोगमा जानु अघि आयोगका प्रमुखले दिएको अभिव्यक्तिका विषयमा छानविन गर्न समेत ओलीले माग गरे । उनले आयोगको प्रतिवेदन नमान्ने जानकारी गराए ।






प्रतिक्रिया दिनुहोस्