Skip to content

सोमबार नेप्से २४.३९ अंकले बढ्यो, कारोबार ३ अर्ब ४० करोड

 

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक २४.३९ अंक बढेर १९९८.८९ विन्दुमा पुगेको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ५.८३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब १५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२० स्टकको ४५ हजार ८२८ पटकको कारोबारमा ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँ बराबरको ९५ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज ५ स्टकको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त, माण्डु हाइड्रोपावर, श्रृजनशील लघुवित्त र हिमालयन उmर्जा विकास कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन गुराँस लघुवित्तको सेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सिवाईसी लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ५.६५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज नेपाल पुनर्बिमा कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ३० करोड ८० लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २८ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima