काठमाडौं । डा. निकोलश भुसालले आज माइतिघरमा आन्दोलन गर्न जाँदा गाँजा सेवन गरेर गएको पाइएको छ ।
आन्दोलनका क्रममा पक्राउ परेका उनको आज स्वास्थ्य परिक्षण गर्दा लागू औषध गाँजा सेवन गरेको पुष्टि भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार आन्दोलनका क्रममा पक्राउ परेका उनको स्वास्थ्य परिक्षण गर्दा लागु औषध सेवन गरेको पुष्टि भएको हो ।
स्वास्थ्य परिक्षण लागू औषध सेवन गरेको पुष्टि भएपछि उनलाई सुधार गृहमा राख्ने सर्तमा परिवारका सदस्यको जिम्मा लगाएर रिहा गरिएको छ ।
भुसालसँगै पक्राउ परेका उनीसहित ४४ जना आजै रिहा भएका छन् ।






प्रतिक्रिया दिनुहोस्