काठमाडौं । देशका विभिन्न स्थानका शुक्रबार पनि ६ वटा सडक पूर्णरुपमा बन्द भएका छन् । आज बिहान ८ बजेसम्मको जानकारीअनुसार ६ वटा सडक बन्द रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बागमती प्रदेशमा पनि दुईवटा सडकहरू पूर्णरुपमा बन्द भएका छन् । पासाङ ल्हामु सडकखण्डअन्तर्गत रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ मा ३ स्थानमा सडक बन्द छ ।
त्यसैगरी कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुणखोला सडक र मकालु गाउँपालिका(३ एकुवाको सडक पूर्णरुपमा बन्द भएको छ ।
मेची राजमार्गअन्तर्गत इलामको इलाम नगरपालिका(९ राजदुवालीलगायतका स्थानहरुमा पनि सडक पूर्णरुपमा बन्द छन् । तमोर करिडोरअन्तर्गत पाँचथरको पाँचथर तुम्वेवा गाउँपालिका–२ नावाखोला सडक पनि बन्द छ ।













प्रतिक्रिया दिनुहोस्