Skip to content

एसवाई प्यानल नेपालको आईपीओ बाँडफाँट, २ जना बने भाग्यमानी

nabil bank

काठमाडौं । एसवाई प्यानल नेपाल कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर निष्कासन गरेको थियो । उक्त सेयर बाँडफाँट गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि असोज ७ देखि १० गतेसम्म ४ लाख ९७ हजार ९२ कित्ता सेयर निष्कासन गरिएको थियो।

आईपीओमा ५६ हजारले आवेदन दिएका थिए । मागभन्दा बढी आवेदन परेका कारण गोला प्रथा गरेर सेयर बाँडफाँट गरिएको हो । जसमा ४९ हजार ७०९ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । त्यसमा पनि २ जनाले थप १ कित्ताका दरले ११ कित्ता सेयर पाएका छन् ।

कम्पनीले अब सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime