Skip to content

निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ताका लागि भीड (तस्बिरहरू)

काठमाडौं । फागुनमा घोषणा भएको निर्वाचनका लागि मतदाता नामावलीमा दर्ता हुनको लागि मानिसहरुको भीड निर्वाचन कार्यालयमा लागेको छ ।

निर्वाचन आयोगले देशका जुनसुकै निर्वाचन कार्यालयबाट पनि मतदाता नामावली दर्ता गर्न सकिने सूचना जारि गरेसँगै मतदाताको भीड बढेको हो ।

निर्वाचन आयोगको अनलाइनमा फारम भरेपछि उक्त फारमका आधारमा जहाँसुकै गएर फोटो र बायोमेट्रिक दिन सकिने सूचनामा उल्लेख छ। फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने जनाएको छ।

निर्वाचन आयोगका अनुसार काठमाडौं उपत्यकाभित्र मीनभवनमा रहेको जिल्ला निर्वाचन कार्यालय, जावलाखेलस्थित जिल्ला निर्वाचन कार्यालय, ललितपुर र सल्लाघारी सिर्जनानगर स्थित जिल्ला निर्वाचन कार्यालय, भक्तपुरमा निर्वाचन कार्यालय गएर फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T