Skip to content

शीतल निवासमा सर्वदलीय बैठक सुरु

nabil bank

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठक शीतल निवासमा सुरु भएको छ । शीतल निवासमा सुरु भएको बैठकमा दोस्रो तहका नेताहरू सहभागी छन् । बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी छिन् ।

बैठकमा जेनजी आन्दोलनपछि उत्पन्न नयाँ परिस्थिति र निर्वाचनबारे छलफल हुने राष्ट्रपतिको सचिवालयले जनाएको छ । सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा भएको छ ।

बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी छन्। एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल सहभागी छन् भने माओवादी केन्द्रबाट नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी छन्। सबै पार्टीकाे सहभािगता रहेकाे छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रवक्ता ज्ञानेन्द्र शाही र मीना लामा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट कार्यवाहक सभापति डीपी अर्याल र सहमहामन्त्री विपीनकुमार आचार्य, नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुसाल सहभागी छन् ।

जनता समाजवादी पार्टी (जसपा) बाट रेनु यादव, जनमत पार्टीबाट अध्यक्ष सीके राउत र डा. जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, जनता समाजवादी पार्टी नेपालबाट विद्युत बज्रचार्य र प्रकाश अधिकारी, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापती सहभागी छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime