Skip to content

इन्ड्राइभको ब्राण्ड एम्बेस्डरमा नायिका स्वस्तिमा खड्का नियुक्त

nabil bank

काठमाडौं । इन्ड्राइभको ब्राण्ड एम्बेस्डरमा नायिका स्वस्तिमा खड्का नियुक्त भएकी छिन् ।

राजधानीमा आयोजित कार्यक्रममा इन्ड्राइभले खड्कालाई व्यापारिक विज्ञापनका लागि ब्राण्ड एम्बेस्डर घोषणा गरेको हो ।

इन्ड्राइभ नेपालीहरुको यातायातको साधनका लागि सजिलो र भरपद्रो माध्यमको रूपमा प्रयोग हुँदै गइरहेको छ ।

यससँगै कम्पनीले ‘तपाईंको यात्रा तपाईंको रोजाइबाट सुरु हुन्छ’ नामक नयाँ ३६० क्याम्पेन सार्वजनिक गरेको छ । यो अभियानले इनड्राइभको अद्वितीय ‘पियर-टु-पियर’ मोडेललाई केन्द्रमा राख्ने जनाएको छ । जसले यात्रु र चालक दुवैलाई भाडा प्रस्ताव गर्न र आपसी सहमतिमा सम्झौता गर्न सहज बनाउने छ ।

यो क्याम्पेन डिजिटलदेखि सडकसम्म विभिन्न माध्यमबाट सञ्चालन गरिनेछ । इन्ड्राइभ सेवा ४८ देशको ९८२ सिटिहरुमा सञ्चालन हुँदै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime