काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन आज सार्वजनिक गरेको छ ।
समितिले करिब २४ सय रोपनी जग्गा हिनामिना तथा अतिक्रमण गरिएको प्रतिवेदन मा उल्लेख छ । २०८१ जेठमा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो ।
समितिले जग्गा छानबिन तथा खोजबिन समितिले विश्वविद्यालय आसपास करिब एक हजार रोपनी जग्गा हराएको, अन्य ठाउँमा लगभग एक हजार रोपनी जग्गा अतिक्रमणमा परेको र ललितपुरका लुभु तथा पुल्चोकमा करिब ४ सय रोपनी जग्गा भोगचलन नभएको जनाएको छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पठाउने निर्णय गरेको थियो ।
त्रिविको जग्गा अतिक्रमण भएको विषयमा खोजबिन गरेको प्रतिवेदन २०८१ लुकाइएको थियो ।






प्रतिक्रिया दिनुहोस्