काठमाडौ । कारागार व्यवस्थापन विभागले एक महिनाअघि भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देशका विभिन्न कारागारबाट भागेका ५५ सय ४७ कैदीबन्दी अझै फरार रहेको जनाएको छ । आज विभागले फरार रहेका कैदीबन्दीको नामावली सार्वजनिक गरेको हो ।
आज गृह मन्त्रालयमा बसेको गृह मन्त्रीस्तरीय निर्णयले फरार कैदीबन्दीहरूलाई शीघ्र नियन्त्रणमा लिन निर्देशन दिइएको छ ।
विभागले फरार कैदीबन्दीहरूको नामावलीसहितको विवरण निर्वाचन आयोग, सुरक्षा निकाय, अध्यागमन, भूमि व्यवस्थापन, यातायात व्यवस्थापन, राहदानी, वैदेशिक रोजगार, श्रम र नापी विभाग लगायत ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमा पठाउने निर्णय गरेको छ ।
मन्त्रालयले फरार बन्दीहरूलाई खोजी, नियन्त्रण र पक्राउ गर्न जिल्लास्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरिसकेको छ ।
फरार रहेका कैदीबन्दीको विवरण कारागार व्यवस्थापन विभाग र सबै जिल्ला प्रशासन कार्यालयहरूको वेबसाइटमा सार्वजनिक गरिएको छ । सेवाग्राही निकायहरूले फरार बन्दी सेवा लिन आएमा तत्काल कार्यदल र सुरक्षा निकायलाई खबर गरी पक्राउ गर्न सहयोग गर्नुपर्नेछ ।






प्रतिक्रिया दिनुहोस्